नेपालका लागि चीनद्वारा नयाँ राजदूत सिफारिस

China nepal

काठमाडौं । चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अघि नै फिर्ता बोलाएर उनको स्थानमा नयाँ राजदूत सिफारिस गरेको छ ।

कुटनीतिक स्रोतका अनुसार बेइजिङले होउ यानक्वीलाई नेपालका लागि २१ औं राजदूत बनाएर नेपाल पठाउन लागेको छ ।

उनी चिनियाँ परराष्ट्र मन्त्रालयमा उप/महानिर्देशकको पदमा कार्यरत छिन् । स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई बताइसकेको छ । काठमाडौंबाट सहमति मिल्ना साथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन् ।

हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन् । उनको कार्यकालमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौतामा हस्ताक्षर गर्नुका साथै विभिन्न समयमा उच्च तहको द्विपक्षीय भ्रमण भए ।

स्रोतका अनुसार हालकी राजदूत होङ सह–सचिवमा बढुवा भएपछि फिर्ता जान लागेकी हुन् । नयाँ सिफारिस गरिएकी राजनूत यानक्वी नेपाली अधिकारी र राजनीतिज्ञहरु माझ परिचित नाम हुन् ।

उनी दक्षिण एसिया मामिला हेर्ने चिनियाँ मन्त्रालयको एसियाली विभागकी प्रमुख व्यक्ति हुन् ।

उनी नेपाल र बेइजिङको सम्बन्धबारे निकै जानकारी राख्छिन् । नयाँ चिनियाँ राजदूत सिफारिसबारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न चाहेन ।

प्रतिकृया दिनुहोस