रुपन्देहीमा गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता अनिवार्य

Dairy cow awa mike suarez 3 (1)

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता गर्ने भएको छ ।

अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँउपाय निकालेको हो ।

गाईको विवरण दर्ता गराएबापत किसानले भत्तासमेत पाउनेछन् । छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीमा नोक्सानी हुने समस्या बढेपछि त्यसलाई रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको नगरपालिकाले जनाएको छ ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र अनुत्पादक भएपछि गोठबाट निकालेर छोडिदिने परिपाटीले हैरान भएपछि नगरकार्यपालिकाको बैठकबाट यस्तो नीति लिइएको हो ।

प्रतिकृया दिनुहोस