हत्याको आरोपमा २ जना पक्राउ

Accident jpg

रुपन्देही । हत्याको आरोपमा २ जनालाई पक्राउ परेको छ ।

ओमसतिया गाउँपालिका-५ बस्ने ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय चन्दन भन्ने राम रतन निषाद र ज्ञानु भन्ने रोशन निषादलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु दाजुभाइ हुन् । छठको रमझम हेर्न हिँडेका अंगद मृत अवस्थामा भेटिएका थिए । उनीहरुले नै हत्या गरेको आरोपमा परिवारले रतन र रोशनविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस