चौरमा मिटिङ गरेर बन्यो फोहर व्यवस्थापनको योजना

Fohor byabasthapan news

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा फोहरमैला व्यवस्थापनका लागि स्थानीयसित छलफल गरिएको छ ।

तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन स्थानीय सहभागी भएका छन् ।

कार्यक्रममा धनकुटा, नेपालगञ्ज, हेटौडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको अवलोकन भ्रमणमा सहभागी स्थानीयले आफ्नो अनुभव सुनाएका थिए ।
अवलोकलन भ्रमणामा सहभागी वडा नं. ८ का पूर्व अध्यक्ष कृष्णबहादुर सिहले फोहर व्यवस्थापन नगरपालिका क्षेत्रका लागि चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा सबैले सहयोग गर्नु पर्ने बताए ।

स्थानीय तह निर्वाचन अघि भीमदत्त नगरपालिकाको तत्कालिन राजनीतिक दलको संयन्त्रले वडा नं. ८ मा स्थान छनौट गरेपछि सहरी विकास आयोजनाको सम्झौता गरिएको थियो । नगरपालिकाको तत्कालीन सर्वदलीय संयन्त्रका सदस्य नेकपाका नेता कर्ण हादुर चन्दले सबै दलको सहमतिमा वडा नं. ८ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि स्थान छनौट गरिएको बताउँछन् ।

तत्कालिन सर्वदलीय संयन्त्रमा नेकपा चन्द सहित नेकपाकै लोकराज जोशी, नेपाली कांग्रेसका नगर सभापति पदमराज अवस्थी, राप्रपाका दिलबहादुर नाथ सदस्य थिए । तिलौचारको कार्यक्रममा सहभागी केही स्थानीयले नगरपालिकाले बजारको फोहर ल्याएर डम्पिङ साइड बनाउन लागेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

एकीकृत सहरी विकास कार्यक्रमका सामाजिक विकास अधिकृत गोमा अवस्थीले स्थानीय स्तरमा डम्पिङ साइड भनेर गलत प्रचार गरिएको र प्रशोधन केन्द्रका रुपमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको बताइन् ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले नगरपालिकालाई उपलब्ध गराएको अनुदानमा एकीकृृत सहरी विकास कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका भीमदत्त नगरपालिका सहित शुक्लाफाँटा नगरपालिका, गोदावारी नगरपालिका र धनगढी उप महानगरपालिकामा सञ्चालन गरिएको छ ।

भीमदत्त नगरपापलिकाका एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्रसहित ३८ किलोमिटर पक्की सडक, फोहर पानी प्रशोधन केन्द्र लगायतका संरचना निर्माण गरिने भएका छन् ।

प्रतिकृया दिनुहोस