बस्यो राष्ट्रवादीको बैठक, यस्तो छ निर्णय

Rpp rastrabadi aithak

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले फेरि सैद्धान्तिक मुल्य र मान्यतासँग मेल खाने दलहरुसँग एकता गर्ने निर्णण् गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले सैद्धान्तिक मुल्य र मान्यतासँग मेल खाने जुनसुकै दलसँग पनि एकता गर्न सकिने बाटो खुल्ला गरेको हो ।

यसअघि पनि सो दलले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग सैद्धान्तिक सहमति बने पार्टी एकता गर्ने निर्णय गरेको थियो । राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीले राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणासँग पटकपटक पार्टी एकताबारे छलफल गरिसकेका छन् ।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको सो बैठकले जुनसुकै पार्टीसँग गरिएका एकताका प्रयासलाई लिपिवद्ध गर्ने निर्णय गरेको सो पार्टीका सहप्रवक्ता जनकराज पाठकले बताए ।

सो पार्टीले नेपाली कांगेस विपीसँग पनि एकता गर्ने सैद्धान्तिक सहमति यसअघि नै गरिसकेको छ । तर, अहिले सो पार्टीसँग एकता भइसकेको छैन । एकता नभए पनि गठबन्धन भने गरिरहेको छ । 

प्रतिकृया दिनुहोस