यात्रु बस दुर्घटना, १८ यात्रु घाइते, ३ को अवस्था गम्भीर

Accide

दाङ । लमही नगरपालिका वडा नम्बर-३ टीकुलीगढमा बस दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

भालुबाङबाट लमहीका लागि हिँडेको ना ३ ख ९४७ नम्बरको स्थानीय रुटमा चल्ने बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा मल्लरानी गाउँपालिका वडा नम्बर ३ चौरपानी प्यूठानका ५७ वर्षका गोबिन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४५ वर्षका रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नम्बर २ डोढहीका ८० वर्षका दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुरका २५ वर्षीया सरिता चौधरी, २३ वर्षीया निर्मला कोइराला, राप्ती गाउँपालिका वडा नम्बर ७ का डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नम्बर ५ भुल्के निवासी ४५ वर्षीया हिमा गाहामगर लगायत अन्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीनजनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको र अन्य घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस