प्रेस युनियनका रिजालले दिए राजीनामा

Rijal 1

प्युठान । प्रेस युनियन प्युठानका संस्थापक तथा पूर्व अध्यक्ष सञ्जय रिजालले राजीनामा दिएका छन् । स्वतन्त्र ढंगले पत्रकारिता गर्ने भन्दै उनले केन्द्रीय पार्सदसहित प्रेस युनियनको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

शुक्रवार सम्पन्न प्रेस युनियनको जिल्ला अधिबेशन आफुलाई केन्द्रीय पार्षदमा थाहै नदिर्इ चयन गरेको भन्दै उनले राजीनामा दिएको बताए ।

शुक्रवार सम्पन्न अधिबेशनबाट युनियनका बहुमत सदस्य रुष्ट्र बनेका छन् । संगठनको विधि प्रक्रीया र अधिबेशनमा राजनीतिक हस्तक्षेप गरिएको भन्दै युनियनसम्बद्ध क्रियाशील पत्रकारहरु बाहिरिएको प्रेस युनियनका पूर्व जिल्ला सचिव सिटी पोख्रेलले बताए ।

रिजाल जिल्लाबाट प्रकाशित हुने माण्डवी साप्ताहिकका प्रकाशक सम्पादक र नेपाल पत्रकार महासंघका प्रदेश पार्सद हुन् । उनी झण्डै २ दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस