दनुवार सांस्कृतिक महोत्सव नेपालमै पहिलो पटक हुँदै

Dsc 409x300

काठमाडौं । नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सव दुधौली नगरपालिकामा आयोजना हुने भएको छ ।

मङ्सिर ३ गते नगरपालिका-६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो । दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिए ।

दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी) को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उनले बताए । महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घर लगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ ।

कार्यक्रममा देशभरिबाट स्थानीय, प्रदेश, संघीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दनुवार समुदायका व्यक्तित्वलाई सम्मान गर्नेसमेत कार्यक्रम रहेको छ । नेपालमा सबैभन्दा बढी दनुवार समुदायको बसोबास रहेको सिन्धुली जिल्ला र त्यसमा पनि कमला खोँज क्षेत्र रहेकाले यस क्षेत्रमा निकट भविष्यमै दनुवार संग्रहालय बनाउने योजना रहेको पनि आयोजकले जनाएको छ ।

महोत्वसमा दनुवार समुदायले दैनिक प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने आयोजकले जनाएको छ

प्रतिकृया दिनुहोस