ट्रक पल्टिदाँ दुई जनाको मृत्यु

Accident jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ट्रक पल्टिदाँ दुई जनाको मृत्यु भएको छ ।

विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटोमा सवार दुर्इ जनालाई किचेको थियो ।

ट्रक दुर्घटनाबाट गम्भीर घाइते भएका व्यत्तिको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा–४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस