घुम्ती शौचालय नेपालगञ्जमा सञ्चालन गरिने

Toilet 494x300

नेपालगञ्ज । नेपालगञ्जमा सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा ४ वटा घुम्ती शौचालय ल्याएसँगै सार्वजनिक शौचालयको समस्या हट्ने देखिएको छ ।

सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने नभएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । ‘अहिले नै कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना बनाइसकेका छैनौँ,’ उनले भने, ‘भर्खरै मात्र खरीद गरेर ल्याएका छौँ, बैठकले केही दिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ ।’

उनका अनुसार सार्वजनिक शौचालय नभएका तथा मान्छेको भीड हुने क्षेत्रमा शौचालय राखिनेछ । आवश्यकता अनुसार उपमहानगरपालिकाले थप शौचालय खरीद गर्ने छ ।

सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुका लागि घुम्ती शौचालय प्रभावकारी हुने देखिएको हो ।

ट्र्याक्टरमा जडान गरेर घुम्ती शौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने छ । शौचालयबाट संकलित मलमूत्रलाई प्राङ्गारिक मल बनाएर प्रयोग गरिने छ ।

प्रतिकृया दिनुहोस