बिना मगरले यसरी गरिन् भ्यू टावरदेखि मन्दिरसम्म बजेट विनियोजन

Minister bina magar 301x300

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छिन् ।

उनको आफ्नो क्षेत्रमा समान २/२ नगरपालिका र गाँउपालिका रहेको छ । अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि एक निर्वाचन क्षेत्रमा ४ करोड रकम विनियोजन गरेको थियो ।

४ करोड रकममध्ये उनले सबै स्थानीयतहमा समान रुपमा रकम विनियोजन गरेकी छिन् । पुर्नवास लामैया नाला पुल निर्माण ४० लाख, पुर्नवास कभर्डहल निर्मण २० लाख, सहिद भवन निर्माण १० लाख, भ्यू टाउर निर्माण १० लाख, दिव्य भवन १० लाख र गैसमति चर्च १० लाख रुपैयाँ विनियोजन गरेकी हुन् ।

बेलौरी नगरपालिका

बेलौरी रङ्गशाला निर्माण ५० लाख, पडाड गाउँ कालोपत्रे १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण १५ लाख, त्रिपुरा सुन्दरी मन्दिर निर्माण १० लाख र तटबन्ध सुतियानालामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

लालझाडी गाउँपालिका

लालझाडीमा रानाथारु होमेष्टे र बाल उद्यान निर्माणका लागि ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नती २५ लाख र नन्दगाउँदेखि गडबिजला ताल सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बेलडाँडी गाउँपालिका

कालिकिच ताल पर्यटन प्रवद्र्घनका लागि ४० लाख, वडा नम्बर ३ मा सडक स्तरोन्नती २० लाख, सडक स्तरोन्नती १० लाख, सिमसार संरक्षण १० लाख र रामजानकी मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस