जीपको ठक्करले बृद्धाको मृत्यु

Accide

सिरहा । माडर खैरटोकामा भारतीय जीपको ठक्करबाट ६० वर्षीया बृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका १७ खैरटोकामा बिआर ०७ पिए ९२८० नम्बरको जीपको ठक्करबाट घाइते भएकी पैदलयात्री स्थानीय ६० वर्षीया जमुदा खातुनको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

भारतीय जिपको ठक्करले घाइते भएकी खातुनलाई उपचारको लािग सिरहा जिल्ला अस्पताल लगिएको थियो । प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस