नेपाली सेनाको नातावाद, भनसुन र उपहार दिने अभियान

Sena

काठमाडौं । नेपाली सेनाले नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतीपूर्ण चलन हटाउन अभियान नै सुरु गरेको छ ।

आफू मातहतका सबै संरचनामा भनसुन र उपहार लिने दिने चलन तुरुन्त हटाउन निर्देशन दिँदै आचरणमा सुधार ल्याउने अभियान सुरु गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा नेतृत्व संवाद गरी अभियान अघि बढाएको हो । आगामी चैतसम्म चरणबद्ध रुपमा उपहार लिने दिने, आर्थिक अनियमितता र भनसुनविरुद्ध सचेतना कार्यक्रम चलाइने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने बताए ।

प्रधानसेनापती नियुक्त भएपछि थापाले उच्च पदका सैनिक अधिकारीका श्रीमतिलाई रानीसाहेब भन्नुपर्ने चलन अन्त्य गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस