टिपरको ठक्करबाट एक बालकको मृत्यु

A

चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारी अनुसार भारत घर भई हाल भरतपुर महानगरपालिका-१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलमको मृत्यु भएको हो ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहेको छ ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस