सार्वजनिक हुँदै विप्लव

Netra bikram chand biplab

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो ।

सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि सत्तारुढ दल नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीलाई आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...