सप्तरीमा तीन लाखको विष्फोटक पदार्थ बरामद

Patakaof saptari qvftv6phgv

सप्तरी (सिमरा) । ठूलो परिमाणमा विस्फोटक पदार्थ ‘पटाका’ लगायतका सामग्रीहरु सप्तरी प्रहरीले बरामद गरेको छ ।

तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको झण्डै तीन लाख रुपैयाँ मूल्य बराबरको विस्फोटक पदार्थ ‘पटाका’ बरामद गरिएको हो ।

चोरीपैठारीको माध्यमबाट तिहार र छठ पर्व आउनु अघि नै भण्डारण गर्ने तथा चाडपर्वको बेला लुकिछिपी बिक्री वितरण गर्ने उद्देश्यले ल्याउँदै गरेको फुलझडी, चिरचिरी, बुलेट बमलगायतका विस्फोटक पदार्थहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिहार तथा छठ पर्वमा रमाइलोका लागि प्रयोग गरिने यस्ता विष्फोटक पदार्थले आगलागी, चोटपटक र अंगभंगका घटनाहरू घट्ने गरेकोले विस्फोटक पदार्थ पटाका आयातमा कडाई गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको विष्फोटक सामग्री जिल्ला प्रहरी कार्यालय परिसरमै पत्रकारहरुको रोहबरमा सोमबार नष्ट गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...