सुन्नियो ओलीको शरीर, यस्तो छ स्वास्थ्य रिपोर्ट

Kp oli hospital

काठमाडौं । देशकै कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भनिएको छ । तर उनको शरीर सुन्नि थालेको छ ।

सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा. प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्य खटिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको उपचारमा कुनै कसर बाँकी राखेका छैनन् ।

तर,प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ ।

चिकित्सकहरुका अनुसार ओलीलाई ज्वरो भने आएको छैन । स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो ।

दसैँको भिडभाडकै कारण मौसमी फ्लु (रुघाखोकी)को संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमै उपचार गराएका थिए । गत शुक्रबार शिक्षण अस्पतालमा छातीको एक्सरे पनि गरिएको थियो । तर, कुनै समस्या नदेखिएपछि आत्तिनु नपर्ने सल्लाह चिकित्सकले दिएका थिए ।

दसैंको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

अस्पतालमा नेताको भीड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अस्पलात भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न विभिन्न राजनीतिक दलका नेताहरु अस्पलात पुगिरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सोमबार शिक्षण अस्पताल पुगे । त्यसैगरी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव ईश्वर पोखरेल, उद्योगमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत पनि अस्पताल पुगेका थिए ।

त्यति नै मात्रामा सर्वसाधारण र पार्टी कार्यकर्ताहरु अस्पताल पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितीबारे चासो राखिरहेका छन् ।

प्रतिकृया दिनुहोस