बुटवलमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

Sarpa dansa

रुपन्देही । सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ ।

बुटवल-१६ सेमलार डरगाउँकी ५० वर्षीय शारदा ज्ञवालीको सर्पले टोकेर मृत्यु भएको हो ।

गोठमा काम गर्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो । उपचारको क्रममा ज्ञवालीको मृत्यु भएको अस्पतालले बताएको छ ।

तर आफन्तहले उपचारमा अस्पतालले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस