गोरुसिंगे दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, ३३ जना घाइते

Gorusinge bus accident

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको गोरुसिंगेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बुद्धभूमि नगरपालिका –२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नम्बरको टिपर दिउँसो साँढे २ बजेतिर गोरुसिंगेमा एक आपसमा ठोक्किउको थियो ।

सो दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...