मलेसियासँगको श्रम सम्झौताका यस्ता छन् फाइदा

Sram samjhauta

काठमाडौं । सरकारले खाडी मुलुकहरुमा फ्रि भिषा र फ्रि टिकटमा नेपाली श्रमिक पठाउने सम्झौता गरे भए पनि अहिलेसम्म कुनै पनि नपाली युवाले फ्रि भिषा र फ्रि टिकटमा खाडी मुलुक जान पाएका छैन ।

अहिले फेरि सरकारले मलेसियामा पनि फ्रि भिसा र फ्रि टिकटमै कामदार पठाउने भएको छ । नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा आज हस्ताक्षर गरेसँगै अब नेपाल कामदार मलेसिया जाँदा लाग्ने खर्च रोजगारदाता कम्पनीले बेहोर्नु पर्नेछ ।

नेपालले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको छ । मलेसियाले लिँदै आएको लेबी अथवा होस्टेल चार्ज रोजगारदाताले बेहोर्ने, वार्षिक रुपमा तलब समायोजन गर्नुपर्ने विषय पनि एमओयूमा समावेश गरिएको छ । मलेसिया जाँदा स्वास्थ्य लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ ।

सुरुमा नेपालमा स्वास्थ्य परीक्षण लगायतको खर्च नेपाली श्रमिकले स्वयं गर्नुपर्ने र मलेसिया पुगिसकेपछि पहिलो महिनाको तलबसँगै रोजगारदाताले सो रकम उपलव्ध गराउनुपर्ने बुँदा पनि समेटिएको छ ।

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली श्रमिकको हकमा आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च (फ्रि भिसा र फ्रि टिकट) रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । रोजगारीका लागि मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ ।

अबदेखि मलेसियामा कार्यरत रहँदा नेपालमा आफन्त (आमाबुबा, श्रीमान् श्रीमती र छोराछोरी) को मृत्यु भए कम्तीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था छ । कामदारको बैंक खातामा रोजगारदाता कम्पनीले हरेक महिना ७ गते तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।

कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिलाको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ । अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनु पर्नेछ । विगतमा लाग्दै आएको लेबी अब नलाग्ने भएको छ । अबदेखि पासोर्ट कामदार आफैंले बोक्न पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...