व्यापारीको घरबाटै बिस्फोटक पदार्थ बरामद

Padka

राजविराज । विस्फोटक पदार्थ भित्र्याउन प्रतिबन्ध गरेपनि सप्तरीमा भने तिहार र छठ पर्व लक्षित पटाकाहरू भित्र्याने क्रम बढ्दो छ ।

सदरमुकाम राजविराज स्थित एक व्यापारीको घरबाटै सोमवार प्रहरीले ठुलो परिमाणको विस्फोटक पदार्थ ९पटाका० बरामद गरेपछि सो तथ्य खुल्न आएको हो ।

चोरीपैठारीको माध्यमबाट तिहार र छठ पर्व आउनु अगाडि नै भण्डारण गर्ने तथा चाडपर्वको वेला लुकिछिपी विक्री वितरण गर्ने उद्देश्यले ल्याइएको फुलझरी, चिरचिरी, बुलेट बम लगायत झण्डै दुई लाख ५० हजार मुल्य बराबरको विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

रमाइलोको लागि प्रयोग गरिने यस्ता विस्फोटक पदार्थले आगलागी, चोटपटक र अंगभंगका घटनाहरू घट्ने गरेकोले विस्फोटक पदार्थ पटाका आयातमा कडाई गरिरहेको डिएसपी रिमालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...