वीरगञ्जमा पेस्तोलसहित तीन भारतीय पक्राउ

तीन भारतीय पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट पेस्तोलर गोलीसहित तीन जना भारतीय पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रबार एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्म (भन्सार) वीरगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक अम्बिरनाथ न्यौपानेको कमाण्डमा खटिएको एपीएफ टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा उक्त पेस्तोल तथा गोली फेला परेको हो ।

त्यसवेला भारतको रामगढवा बिहार घर बताउने २७ वर्षिय अवद बिहारी प्रसादको साथमा उक्त पेस्तोल तथा गोली फेला परेपछि त्यसै गाडीमा सवार सोही ठाउँ घर बताउने उमेशप्रसाद गुप्ता र उक्त गाडीका चालक ओमप्रकाश पासवान गरी तीनै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको रामगढवा बिहारमा मोटरसाईकलको सोरुम रहेको बताउने निज अवद बिहारी प्रसादले आपूmहरु वीरगंज घुम्न आएको एपीएफ टोली समक्ष बताएका छन् । पक्राउ परेका तीनै जनालाई उक्त पेस्तोल, म्याग्जिन र गोली तथा सो गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

प्रतिकृया दिनुहोस