ट्रकको ठक्करबाट हजुरआमा र नातीको मृत्यु, एक घाइते

Accident jpg

काठमाडौं । काठमाडौको तार्केश्वर नगरपालिका स्थित लोलाङमा शुक्रबार ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँ पालिका–७ घर भएकी ६२ वर्षीया तिल कुमारी तिवारी र उनका ४ वर्षीया नाती अजित तिवारीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट तिल कुमारीको घटनास्थलमै र बालकको उपचारको क्रममा ग्रिनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएकी गोरखाकी ७० वर्षीया साबित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

बिहान १० बजे ना ६ ख ७८२६ नम्बरको ट्रकले पैदल हिँडिरहेका तीनै जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस