वैदेशिक रोजगार विभागका ६ अधिकृतसहित २५ कर्मचारीविरुद्ध मुद्दा दर्ता

Akhtiyaar

काठमाडौं । वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगारको लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई विचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा चलाएको हो ।

आयोगले २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म श्रम स्विकृती प्रदान गरे गराएका विवरणहरु लगायतका कागजात अध्ययन एवं अनुसन्धान गर्दा उक्त अवधिमा १८४ महिलाहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरी सरकारी निकायमा गलत लगत खडा गरे गराएको देखिन आएको जनाएको छ ।

वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा, शाखा अधिकृत दीपककुमार आचार्य, शाखा अधिकृत गणेश विक्रम शाह, शाखा अधिकृत दिनेश कुमार राई, शाखा अधिकृत पवित्रा श्रेष्ठ र शाखा अधिकृत रामप्रसाद ओली, नायव सुव्बा अमरराज जोशी, नायव सुव्बा विष्णुहरी निरौला, नायव सुव्बा दिलबहादुर खत्री, नायव सुव्बा हेमराज पाण्डे, नायव सुव्बा कर्णबहादुर नेपाली, नायव सुव्बा केदार घिमिरे, नायव सुव्बा मदन गिरी, नायव सुव्बा खगेन्द्र पोखरेल, नायव सुव्बा लक्ष्मीदेवी भूषाल, नायव सुव्बा नगेन्द्रप्रसाद गौतम, नायव सुव्बा रविन्द्र घिमिरे, नायव सुव्बा रघुनाथ केसी, नायव सुव्बा योगेन्द्र खत्री, नायव सुव्बा केशवराज ढुंगाना र कम्प्युटर अपरेटर अमर महरा, कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली, कम्प्युटर अपरेटर डम्वर बहादुर विश्वकर्मा, कम्प्युटर अपरेटर धनवीरसिंह भाट, कम्प्युटर अपरेटर राजकुमार शाही समेतका २५ जना उपर भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

ति कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी ठगी गरेको तथा सरकारी कार्यालयमा समेत गलत बिवरण राखेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस