जिल्ल परे ऋषी कट्टेल, दुबै दलको अस्तित्व स्वीकार

Nekapa faisala

काठमाडौं । अन्ततः निर्वाचन आयोगले दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता दिएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको शुक्रबार बसेको इजलासले दुई दलको फरक फरक अस्तित्व देखिएकाले ऋषि कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अन्तर्गत उपदफा २ ले ऐन प्रारम्भ हुँदा कानुन बमोजिम आयोगमा दर्ता भएको दलले मान्याता पाउँदा सत्तारुढ दलले वैधानिकता पाएको हो ।

प्रतिकृया दिनुहोस