फेरि सुरु हुने भो काठमाडौंमा टिपर आतंक

Tipar

काठमाडौं । भनिन्छ टिपर आयो कि ज्यान गयो । त्यही भएर केही समयअघि उपत्याभित्र दिउँसो टिपर गुड्न प्रतिवन्ध लगाइयो । तर, फेरि सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

टिपरका कारण दुर्घटना बढेर मानवीय क्षतिसमेत भएपछि गृह मन्त्रालयले बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा त्यस नियमलाई केही खुकुलो पारेर राति र बिहान १/१ घण्टा चाँडै चलाउन दिइएको थियो ।

तर, शुक्रबारदेखि नै पहिलो चरणमा चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने छन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न दिने भएको हो ।

आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरेर २४ वटालाई चल्न दिने निर्णय गर्न लागिएको हो । दिउँसो टिपर नचल्दा चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो ।

टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा शुक्रबार गृह मन्त्रालयमा छलफल भएको थियो । तर चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो ।

गृह मन्त्रालयमा भएको छलफलमा यस अवधिमा मोटरसाइकललाई लेन अनुशासन पलना गर्न लगाउने र टिपर व्यवसायीले पनि जनचेतनामूलक कार्यक्रम गर्ने सहमति भएको छ ।

१० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस