यचुरी काठमाडौंमा, प्रचण्ड भारतमा, यो कस्तो संयोग हो ?

Prachanda yachuri

काठमाडौं । नेपालमा मन्त्रीमण्डल फेरबदलको चर्चा चलिरहकै बेला भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आइपुगेका छन् ।

नेकपाको औपचारिक निमन्त्रणमा यचुरी बिहीबार काठमाडौं आइपुगेका हन् । तर, त्यही बेला नेकपाका एक जना अध्यक्ष भने शुक्रबार भारत जान लागेका छन् ।

नेपाल सम्बन्धी जानकार मानिएका यचुरीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नेछन् । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट गर्नेछन् ।

यता, नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड भने यचुरीसँग भेटघाट सकेर भारत भ्रमणमा जानेछन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।

इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन अध्यक्ष दाहाल दिल्ली जाने भएका हुन् । दाहाल शुक्रबार बिहान ९ बजे नयाँ दिल्ली गएर त्यही दिन बेलुका ८ फर्किने छन् ।

प्रतिकृया दिनुहोस