चाडपर्वलाई लक्षित गरि सीमानाकामा जाँँचका लागि तालिम प्राप्त कुकुर परिचालन

Police wiht dog

कञ्चनपुर । चाडपर्वलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले आइतबारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो ।

सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार र नेपाली कामदारलाई नशालु पर्दाथ खुवाएर लट्नेलगायतका अपराध पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।

उनले खुल्ला सीमाना भएका कारण चाडवाडका बेला हुन सक्ने लागुऔषधको ओसार–पसारलगायतका अपराधिक घटना मध्ये नजर गर्दै तालिम प्राप्त कुकुर परिचालन गरिएको बताए ।

कञ्चनपुरमा चेकजाँचका लागि पहिलो पटक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । मानिसको आवागमलाई मध्यनजगर गर्दै छठसम्म कुकुरको परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फुच्चे नाम गरेको तालिम प्राप्त कुकुरले सुँघेर लागूऔषधको ओसारपसार भएरनभएको जाँच गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस