टोलबासीसँग पिङ खेलेर रमाउँदै प्रचण्ड भने, अब बाटो बन्छ

Prachanda 1

ललितपुर । हिन्दुहरुको महान चाड आज दशैंको पाचौं दिन हो । दसैं भित्रिएसँग गाउँघरमा लिङ्गे पिङ खेल्न सुरु भइसकेको छ । यसैक्रममा शनिबार नेकपाका अध्यक्ष तथा प्रर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीयसँगै पिङ खेले ।

दाहाल निवासबाट करिब सय मिटर नजिकै कान्तिनगर टोलविकास समितिले घटस्थापनाका दिन पिङ हालेको थियो । पिङ बनाएपछि त्यसमा ताल्चा पनि लागाइएको थियो । तर, शनिबार भने खुल्ला गरियो । त्यो पनि प्रचण्डले उद्घाटन गरे पछि ।

दसैंको बेला बनाइएको पिङमा ताला लगाइँदा स्थानीय नै चकित भएका थिए । तर, पिङमा ताला लगाउनुको कारण भने दाहालले उद्घाटनको पर्खाइ थियो ।

केही वर्षदेखि टोलबासीबीच सुमधुर सम्बन्ध कायम गर्न पिङ हालिँदै आएको कान्तिनगर टोल विकास समितिका अध्यक्ष लीलाराज वान्तवा बताउँछन् । यसै बहानामा पिङ खेल्दै दसैंको शुभकामना आदानप्रदान गर्ने गरेको छ ।

ढोलाहिटीबासीले मा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरे । पिङमा एकछिन मच्चिएपछि उनले भने, ‘सहरमा पिङ खेल्दा गाउँको याद आयो ।’

पिङ संस्कृतिसँग जोडिएको र यसलाई जगेर्ना गरेको भन्दै दाहालले टोलवासीको प्रशंसा गर्दै प्रचण्डले भने, ‘टोलमा रहेका खानेपानी, सडक लगायतका सबैं समस्या तुरुन्तै समाधान हुन्छ, अब नआत्तिनुस् ।’

कार्यक्रममा उपस्थित १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मिश्रले टोलबासीको संस्कृतिप्रतिको मोह लोभलाग्दो भएको बताए । उनले तिहारअघिसम्म चापागाउँ–ढोलाहिटी सडक कालोपत्रे गरिसक्ने योजना बनाइएको बताए ।

प्रतिकृया दिनुहोस