इटहरीको नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

Dead body

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका -१३ खनारस्थित नहरमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

रियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको नहरमा खोल्ने क्रममा उनीहरु खसेको हुन सक्ने प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस