मृत्युको हल्लैहल्लापछि अस्ताए चक्रप्रसाद बास्तोला

Chakra bastola nidhan

काठमाडौं ।शनिबार दिनभर नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको समाचारले सनसनी मच्चियो । तर, अन्नतः उनी शनिबार राती ९ः२० मा उनको मृत्यु भयो ।

झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको निधन भएको हो । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बस्तोलाको ९ः२० मा निधन भएपछि डा. हरि शर्मालार्इ खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०ः२० भएको थियो ।

बास्तोलाको अवस्था शनिबार विग्रिएपछि परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।

बास्तोलालार्इ पुनः खुमलटारस्थित निवास लगिपछि साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।

बास्तोलाका उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर छन् । भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।

०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

दिनभर मृत्युको समाचार
शनिबार हस्पिटलबाट डिस्चार्ज गरिएपछि बास्तोलाको निधन भएको भनी विभिन्न सञ्चार माध्यमहरुमा समाचार आइरहे । तर, सो समाचार सत्य थिएन । उनको अवस्था एकदमै नाजुक बनेको थियो ।

शनिबार मात्रै बासवारीस्थित न्यूरो हस्पिटलबाट घर लगिएका बास्तोलाको निधन भएको समाचार उनकै भान्जीको भनाई उदृत गर्दै समाचार प्रकाशन भएका थिए ।

प्रतिकृया दिनुहोस