नरपिसाचले गरे १० वर्षीय बालिकाको बलात्कारपछि हत्या

Rape 14

जनकपुर । पछिल्ला समय बलात्कारका घटना बढ्दै गएको छ । शुक्रबार पनि १० वर्षीय बालिका बलात्कृत भएकी छन् । त्यति मत्रै होइन, उनको हत्यासमेत भएको छ ।

धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति बलात्कारपछि हत्या भएको छ । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।

प्रहरीले शनिबार साँझ यादवकै छिमेकी ३२ वर्षीय विनोद मुखिया ‘बिन’ र २३ वर्षीया नथुनी मण्डललाई पक्राउ गरेको छ । विनोद यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ ।

शुक्रबार राति ९ बजे घर नजिकैको दुर्गा मन्दिरमा बुबाआमासँगै पुजा गर्न गएकी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । पूजा गरेर आमा बुबा घर फर्किदासमेत उनी त्यही बसिरहेको अवस्थामा छिमेकी दुई जनाले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।

रातभरी छोरी घर नआएपछि परिवारमा तनाव भएको थियो । स्थानीयले उनको शव शनिबार दिउँसो धानबारीमा फालेको अवस्थामा भेटिएको हो ।

प्रतिकृया दिनुहोस