घुस नखाने सपथ खाएको १० दिनमै १७ जना घुससँगै रंगेहात पक्राउ

Ghush pakrau

काठमाडौं । असोज १७ मा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । तर, १० दिन नबित्दै घुस आएको आरोपमा १६ पक्राउ परेका छन् भने १९ जनालाई मुद्दा चलाएको छ ।

प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । बिहीबार शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख उपसचिव लालबाबु साह सरकारी निवासमै ४० हजार घुससहित पक्राउ परे ।

अख्तियारका अनुसार बुधबार मात्रै उच्चसकारी वकिल कार्यालय पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख घुससहित समातिए । सोही दिन मालपोत कार्यालय कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा ५० हजार घुससहित पक्राउ परे ।

२३ असोजमा अख्तियारले यातायात कार्यालयका १० कर्मचारीविरुद्द भ्रष्टचार मुद्दा दायर गर्‍यो । २२ असोजमा काठमाडौं, सर्लाही, वीरगञ्जमा गरी घुस लिँदै गर्दा प्रहरीसमेत ५ जना कर्मचारी पक्राउ परे ।

२१ असोजमा २ र १९ असोजमा १ जना पक्राउ परे । सोही दिन पप्पु कन्स्ट्रक्सनसँग मिलेमतो गर्ने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरियो । १८ असोजमा प्रहरीसहित ४ कर्मचारी घुस लिँदालिँदै पक्राउ परे ।

सरकारले जतिसुकै निर्देशन दिए पनि यसले बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन । घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले सरकारी कार्यालयमा जिम्मेवार पदाधिकारीले मातहतका कर्मचारीलाई सुशासन र सदाचारमा राख्न नसकेको स्वीकारे ।

 

 

प्रतिकृया दिनुहोस