बस्नेतको आयो ‘हाउ टु स्पीच’

Basnet book

काठमाडौं । सञ्चारकर्मी ब्रबिम बस्नेतद्धारा लिखित हाउ टु स्पीच (कसरी बोल्ने) नामक पुस्तक बजारमा आएको छ । सो पुस्तक शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरियो ।

बस्नेतद्धारा लिखित सो पुस्तकको जेष्ठ नागरिक कोषका केन्द्रिय अध्यक्ष रामकृष्ण चित्रकारले पुस्तकको विमोचन गरे । पुस्तक अंग्रेजी भाषामा छ । पुस्तक तीन सय पृष्ठको छ । पुस्तकको मूल्य तीन सय ७५ राखिएको छ ।

कार्यक्रममा उनले बोल्ने कलासँंग सम्वन्धित यो पुस्तक सामान्यदेखि विशिष्ट व्यक्तिहरुसम्मलाई सहयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकका लेखक वस्नेतले पुस्तक विशेष गरी आमसञ्चार र मनोविज्ञान पढ्ने विद्यार्थीका लागि उपयोगी हुने बताए ।

प्रतिकृया दिनुहोस