यात्रुसँग दोब्बर भाडा असुल्दै यातयात व्यवसायी, प्रशासन मौन

Ticket bukinga

काठमाडौं । प्रत्येक वर्ष दसैंको बेला घर जान यात्रुले सास्ती खेप्नुपर्छ । त्यसमा पनि भनेको बेला घर जाने टिकन नपाउने पुरानै समस्या हो ।

त्यसमा पनि दसैंकै बेला व्यवसायीले यात्रुहरुलाई विभिन्न बहानामा थप समस्या दिने गर्छन् । अहिले यातयात व्यवसायीहरुले गाडी रिजर्वको बहानामा यात्रुसँग दोब्बर भाडा असुल गर्दै आएका छन् ।

खासगरी काठमाडामौंबाट बाहिरिने विभिन्न नाकाहरुमा यात्रुको चाप बढ्दै गएको छ । यात्रुको चाप थेगिनसक्नु छ । अहिले रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल गरिरहेका छन् । तर, यसको नियमन गर्ने निकाय भने मौन छ ।

दोब्बर भाडा असुलीको मारमा दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवारीका यात्रु परेका छन् । कलंकी र कोटेश्वर र नयाँ तथा पुरानो बसपार्कबाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा असुली भइरहेको छ ।

अहिले बल्खुबाट छुट्ने अधिकांश टाटा सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिए पनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर टिकट थमाउने गरेका छन् ।

बल्खुमा मात्रै हैन, विपी हाइवे भएर चल्ने कोटेश्वरका सुमोका काउन्टरले पनि त्यसै गरिरहेका छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।

ट्राफिक प्रहरीले पनि अनुगमन र निगरानी बढाइएको दावी गरेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् । कतिपय ठाउँमा त ट्राफिक प्रहरी नै मौन बस्न बाध्य भएको छ ।

प्रतिकृया दिनुहोस