अनाथ बालबालिकालाई न्यानो लुगा उपलब्ध

Sahayog

काठमाडौं । वि मुभमेन्टः युवा अभियानले बुढानिलकण्ठस्थित जनसेवा बालहित संरक्षण केन्द्रका बालबालिकालाई लत्ताकपडा उपलब्ध गराएको छ ।

अनाथालयका १२ बालबालिकालाई ज्याकेट, ट्राउजर र टोपीसहित लुगा बाँडिएको हो ।

सामाजिक अभियानमा सक्रि समूहले विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । वि मुभमेन्ट अभियानका अभियन्ता आर के रोमस, मीना खडगी, बालकिशोर माझी र सचिन अधिकारीको सक्रियतामा अनाथ बालबालिकालाई लत्ता कपडा बाँडिएको हो ।

वि मुभमेन्टले देशका विभिन्न ग्रामीण भेगका बालबालिकालाई लक्षित गरी पुस्तकालय खोल्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस