नदीमा बस खस्यो, १ को मृत्यु, ४ को अवस्था गम्भीर

Accide

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ रिठ्ठे भिरबाट शुक्रबार यात्रु वहाक बस सुनकोशी नदीमा खसेको छ ।

बस सडकबाट सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ७ जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ आउँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं.को बस सुनकोशीमा खसेको हो ।

स्थानीयवासी, प्रहरीको प्रयासमा ७ जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको बताइएको छ ।

बसमा ८ जना सवार रहेको र ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको छ । घटनाको थप विवरण आउन बाँकीे छ ।

प्रतिकृया दिनुहोस