दसैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री

Khasi boka 4 newskarobar

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि काठमाडौँमा आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ ।

संस्थानले जिउँदै खसी बोका किलोको ५ सय १० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ७ सय १० रुपैयाँमा बिक्री सुरु गरेको छ । उपभोक्ताका लागि १० रुपैयाँ मात्र सस्तो हो । यसपटक दशैँका लागि एक हजार च्याग्रा र एक हजार वटा खसीबोका ल्याउने तयारी गरेपनि त्यो परिमाणमा ल्याउन नसकिएको संस्थानले जनाएको छ ।

मुस्ताङबाट अहिलेसम्म ४ सय वटा च्याङ्ग्रा काठमाडौं आइपुगेको र बाँकी ५ सय बाटोमा रहेको संस्थानले जनाएको छ । संस्थानले दाङलगायत पश्चिमी क्षेत्रबाट खसीबोका ल्याउने तयारी गरेपनि त्यहाँका व्यापारीले चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याएको हो ।

प्रतिकृया दिनुहोस