ओली–दाहालबीच ‘हेड टु हेड’ छलफल, के भयो त निर्णय ?

Oli and prachanda 1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकलौटी ढंगले चलाएको आरोप लगाएकै समय दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

नेकपा भित्र सरकार र तल्ला तहहरुमा पार्टी जिम्मेवारीका विषय गुटीय कटाक्ष चलिरहेका बेला झण्डै दुई हप्तापछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

दुबै अध्यक्ष यो बीचमा बाहिर रहेकाले सतहमा आएका पछिल्ला विवादका विषयमा ‘हेड टु हेड’ छलफल हुन पाएको थिएन । शुक्रबारको छलफल मूलत नेता माधवकुमार नेपालको असन्तुष्टिको सेरोफेरोमा रहेको स्रोतले जानकारी दिएको छ ।

पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन् ।

असोज १२ गते नेता स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताएका थियो ।

प्रतिकृया दिनुहोस