सवारी साधनलाई इजाजतपत्र खुला

Bbbbb

काठमाडौं । असोज २४ गतेदेखि ३१ सम्म यातायात व्यवस्था विभागले सार्वजनिकसवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिदै गर्दा काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउँछन् ।

प्रतिकृया दिनुहोस