मलेसियामा नेपालीको मृत्यु

Death namuna

पश्चिम रुकुम । रोजगारीको सिलसिलामा मलेसिया गएका आठबिसकोट नगरपालिका-९ का हरि शाहीको मृत्यु भएको छ ।

केलाङ सेन्टर मेरुनजिकै एलएसके म्याटर्स वल्र्ड कम्पनीमा काम गर्ने शाही आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको उनीसँगै रहेका दिनेश नेपालीले जानकारी दिए ।

बुधबार राति १२ बजेसम्म काम गरेर सामान्य अवस्थामा कोठा फर्किएका शाही बिहान सुतेकै अवस्थामा मृत फेला परेको नेपालीको भनाइ छ ।

शाही ६ महिनाअगाडि मात्र मलेसिया गएका थिए । उनका पाँच वर्षीया छोरी, श्रीमती, आमाबुबा, तीन दिदी तथा एक बहिनी रहेका छन् ।

प्रतिकृया दिनुहोस