लेक लागेर ताइवानी पर्यटकको मृत्यु

Sab

सोलुखुम्बु । खुम्बुमा लेक लागेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सगरमाथा आधार शिविर घुम्न आएका ताइवानी चेनारी च्याङको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ । करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए ।

अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ ।

प्रतिकृया दिनुहोस