ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

Accident

रुकुम पूर्व । रुकुम पश्चिमबाट पूर्वको भुमे गाउँपालिका २ काक्रि तर्फ जाँदै गरेको म१ त७९७ नम्बरको ट्याक्टरबाट खस्दा भुमे दुई सीमचौरकी २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो ।

भुमे गाउँपालिका २ को सीतचौर भन्ने ठाउँमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी घर्तीको उपचारको क्रममा रुकुमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको ट्याक्टरबाट खसेकी घर्तीलाई अगाडिको पाङ्ग्राले किचेको थियो । ट्याक्टर र ट्याक्टर चालक शितल शाही नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस