आकाशियो डलरको भाउ

Dolllerrrr

काठमाडौं । अमेरिकी डलरको डलरको मूल्य शुक्रबार १ सय १८ रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको खरिद मूल्य १ सय १७ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ३ पैसा तोकेको छ ।

विदेशी मुद्रा सटही कारोबार गर्नेहरुले त्यो भन्दा केही रुपैयाँ बढी लिने गरेका छन् । डलरको भाउ बुधबार १ सय १६ रुपैयाँ ९६ पैसा थियो, एकदिनमै ३ रुपैयाँ बढेको हो । पछिल्लो ६ महिनामा डलरको मूल्य १८ रुपैयाँ वृद्धि भएको छ ।

नेपालमा डलरको भाउ भारतीय रुपैयाँ आधारित हुने गरेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ समेत कमजोर हुँदै गएको कारण डलरको भाउ बढेको अर्थविद्हरु बताउँछन् । भारतमा डलरको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि परेको हो ।

नेपाल हरेक वस्तु आयात निर्भर छ । व्यापार व्यवसायमा भारतप्रति आश्रित छ । तेस्रो मुलुकको सामान समेत भारत भएर आउँछ । आयातित वस्तुको मूल्य डलरको भाउबाट प्रभावित हुन्छ । डलरको मूल्य निरन्तर बढिरहँदा आयातित सामानको मूल्य स्वत बढ्छ ।

दशै र तिहार बजारमा सामान अत्याधिक किनबेच हुने सिजन हो । यो बेला डलरको भाउ बढ्दा उपभोक्ता आयातित सामान महंगोमा किन्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस