बालगृहलाई आमाको सम्झनामा सहयोग

Rin chahiyo

सुनसरी । मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा एक लाख ५५ हजार बराबरको सामग्री सहयोग इटहरीका युवा व्यवसायी शिशिर खड्काले गरेका छन् ।

खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गरे ।

गृहमा ४८ बालबालिका आश्रित रहेको गृहका अध्यक्ष मीना बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस