काठमाडौं–ताप्लेजुङ उडान सुरु हुने

Bbb

ताप्लेजुङ । केहि समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको काठमाडौं–ताप्लेजुङ उडान सुरु हुने भएको छ ।

असार दोश्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान भर्ने तयारी गरेको हो । यसअघि ७ हजार ४ सय ६० रुपैँयामा टिकट बिक्री गरेको निगमले अहिले एक हजार ६० रुपैँया छुटसहित टिकट बिक्री गरिरहेको छ ।

असोज २४ देखि उडान सुरु गर्ने जनाएको निगमले तत्कालका लागि सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस