तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक भारतबाट पक्राउ

Kamal gyali

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएर फरार तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतमा पक्राउ परेका छन् ।

हानगरीय प्रहरी अपराध महाशाखाले ज्ञवालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ । ज्ञवालीले कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीतिविपरीत जम्को प्रकाशन प्रालिका लागि ऋण स्वीकृत गरेको अभियोगमा राष्ट्र बैंकले मुद्दा चलाएको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनको इजलासले ज्ञवाली र श्रीमती गौरी खनाल ज्ञवालीलाई २०७३ जेठमा बैंकिङ कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद र १२ करोड ५० लाख रूपैयाँ जरिबाना तिराउने फैसला सुनाएको थियो ।

नेपाल राष्ट्र बैंक बादी रहेको मुद्दामा अदालतबाट दोषी ठहर भइसकेकाले उनलार्इ अदालतमा पेश गर्ने तयारी भइरहेको छ । ऋण दुरुपयोग अभियोगमा ज्ञवालीसहित ८ जनालार्इ पुनरावेदन अदालत पाटनका न्यायधीशद्वय चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले दोषी ठहर गरेको थियो । राष्ट्र बैंकले बैंकिङ कसुरमा त्यसबेला २३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस