कलेजो पीडित योङहाङलाई तीन लाख सहयोग

Rin chahiyo

दमक । कलेजो पीडित सुवित्रामाया योङहाङलाई प्रवासबाट तीन लाख सहयोग जुटेको छ ।

हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले दमक–१ की ३८ वर्षीया त्रामाया योङहाङको उपचारका लागि तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गरेको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गरे ।

दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि घरमै राख्नुपरेको बिरामीका भाइ मुक्ति योङहाङले बताए ।

बिरामीका श्रीमान सिन्धुपलाञ्चोकका राजकुमार तामाङ रोजागारीका क्रममा आठ वर्षअघि मलेसिया गएपछि हालसम्म सम्पर्कबिहीन भएको बिरामीकी बहिनी देउकलाले बताए ।

प्रतिकृया दिनुहोस