प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुन्छ : पूर्वमन्त्री महत

Dr ramsaran mahat

राजविराज । प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले बताएका छन् ।

नेपाल प्रेस युनियन सप्तरीले बिहीबार छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताए ।

प्रेसलाई कम्युनिष्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली काङ्ग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको उनले बताए ।

जनताको हकहितमा काङ्ग्रेसले सधैँ आहुति दिएको भन्दै जातीय विभेद् अन्त्य गर्नका लागि जनताको साथ हुनुपर्छ भने । उद्योगधन्दामा पनि काङ्ग्रेसले गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस