रेलमार्ग निर्माणमा तीव्रता दिन पुरीको आग्रह

Rail leak nepal

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आग्रह गरेका छन् ।

रेलमार्गको बिहीबार निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले जनकपुरदेखि वैदेही स्टेशनसम्म ९करीब १० किलोमिटर० निर्माण कार्यको निरीक्षण गरे ।

निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गरेको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिए ।

रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर–कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस